गहन सत्र १
जाँच- गर्नु
(1 min)
सबै सहभागी र सहजकर्ताहरुको दर्ता गराउनुहोस् ।
Or six.zume.training/checkin and use code: 1397
प्रार्थना गर्नुहोस्
(5 min)
प्रार्थनाद्दारा सुरु गर्नुहोस् । पवित्र आत्माबिना आत्मिक विचार र रुपान्तरण असम्भव छ । झुण्डमा केही समय लिएर सेसनमा डोर्याउनको लागि उहाँलाई निम्त्याउनुहोस् ।
सारशं
(1 min)
यस सत्रमा हामी यी अवधारणाहरू सुन्न र छलफल गर्नेछौं:
र हामी यी उपकरणहरू हाम्रो टुलकिटमा थप्नेछौं:
- परमेश्वरले साधारण मानिसहरूलाई प्रयोग गर्नुहुन्छ
- चेला र चर्चको सरल परिभाषा
- आध्यात्मिक श्वास भनेको परमेश्वरको आवाज सुन्नु र परमेश्वरको आज्ञा पालन गर्नु हो
- उपभोक्ता बनाम उत्पादक जीवनशैली
- एस. ओ. ए. पी. एस (सोप्स) बाइबल अध्ययन
- जवाफदेहिता समूहहरू
- प्रार्थनामा एक घण्टा कसरी बिताउने
- सम्बन्धगत भण्डारी - 100 को सूची
READ
(5 min)
परमेश्वरले साधारण मानिसहरुलाई प्रयोग गर्नुहुन्छ ।
जूमे तालिममा स्वागत छ । जूमे शब्द ग्रीक भाषामा खमीरलाई प्रयोग गर्ने शब्द हो ।
येशूले भन्नुहुन्छ परमेश्वरको राज्य एकजना स्त्री जस्तै हो जसले मुछेको ठूलो पिठोको ढल्लोमा थोरै खमीर हाल्छिन् । उनले मुछ्दै गर्दा थोरै खमीर पनि मुछेको ठूलो पिठोको ढल्लोभरि नै फेलिन्छ ।
साधारण मानिसले पनि सानो कुरा लिएर परमेश्वरको राज्यमा ठूलो प्रभाव पार्नको लागि प्रयोग गर्न सक्छ भन्ने कुरा येशूले देखाउँदै हुनुहुन्थ्यो ।
हाम्रो सपना येशूले भन्नुभएको कुरा गर्नु हो -- संसारको साधारण मानिसहरुलाई सानो कुराको प्रयोग गरेर परमेश्वरको राज्यमा ठूलो प्रभाव पार्न सहायता गर्नु !
आफ्ना चेलाहरुलाई येशूले दिनुभएको अन्तिम सन्देश एकदम सरल थियो । उहाँले भन्नुभयो, "स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ । यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।"
येशूको आज्ञा सरल थियो -- चेला बनाओ ।
त्यो कसरी गर्ने भन्ने सम्बन्धमा योशूले सरल निर्देशन दिनुभयो -- जहाँ जहाँ जान्छौ, चेला बनाओ ।
- पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दिँदै चेला बनाओ ।
- सबै आज्ञाहरु पालना गर्न सिकाउँदै चेला बनाओ ।
अब, चेला बनाउने प्रक्रिया के हो त ?
- हामी जहिले पनि चेला बनाउँछौँ- जहाँ जहाँ जान्छौँ, त्यहाँ त्यहाँ
- जब कसैले येशू ख्रीष्टलाई पछ्याउने निणर्य गर्दछ, उनलाई बप्तिस्मा दिनुपर्दछ ।
- विश्वासमा बढ्दै गएपछि प्रत्येक विश्वासीलाई हामीले येशूको सबै आज्ञाहरु पालना गर्न सिकाउनुपर्दछ ।
उहाँको आज्ञाहरुमध्ये चेला बनाउनु पनि एक भएको हुनाले प्रत्येक विश्वासीले चेला बनाउन सिक्नै पर्दछ । ती चेलाहरुले फेरि अरु चेलाहरु बनाउनुपर्दछ । अनि ती चेलाहरुले पनि अरु चेलाहरु बनाउनुपर्दछ ।
चेलाहरु वृद्धि गर्नु । जूमेको काम यही प्रक्रियामा हुँदछ ।
यो खमीर जस्तै छ - मुछेको पिठोको डल्लोभरि नपुगे सम्म फैलिरहन्छ । चेला बनाउने आज्ञा सँगै येशूले एउटा प्रतिज्ञा पनि गर्नुभयो
येशूले भन्नुभयो - म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।
प्रत्येक विश्वासीले येशू ख्रीष्ट हामीसँगै हुनुहुन्छ भन्ने कुरामा ढुक्क हुनुपर्दछ किनकि उहाँ हुनुहुन्छ ।
यसको अर्थ यो पनि हो कि उहाँलाई पछ्याउने प्रत्येकले चेला बनाओस् भन्ने येशू चाहनुहुन्छ भन्ने सत्यताप्रति प्रतिबद्ध हुनुपर्छ । किनकि उहाँ त्यही चाहनुहुन्छ ।
येशूले भन्नुभयो - "स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ । यसकारण जाओ, र चेला बनाओ ।"
येशूले हामीलाई पठाउनुहुँदा उहाँ आफनै अधिकारमा भर पर्नुहुन्छ ।
येशूले भन्नुहुन्छ, उहाँको अधिकारभन्दा उच्चमा अरु कुनै अधिकार छैन । कुनै परम्पराको पनि उहाँको भन्दा उच्च अधिकार छैन ।
कुनै सँस्कृतिको पनि उहाँको भन्दा उच्च अधिकार छैन । संसारको कुनै कानुनको पनि बढी अधिकार छैन ।
येशूले भन्नुभयो - जाओ चेलाहरु बनाओ ।
जूमेले जस्तै - खमीरले जस्तै - काम पूरा नभएसम्म हामी हुर्कँदै र बढ्दै जाऔँ ।
छलफल गर्नुहोस्
(10 min)
- उहाँलाई पछ्याउने प्रत्येकले उहाँको महान आज्ञा पालना गरुन् भन्ने चाहनुहुन्छ भने किन थोरैले मात्रै वास्तवमा चेला बनाउँछन् ?
READ
(5 min)
चेलाहरू र मण्डली
जूमे तलिममा पुनः स्वागत छ । यस सेसनमा हामी चेलाहरु र मण्डलीको विषयमा कुरा गर्नेछौँ ।
**चेला के हो ? चेला कसरी बनाउने ? **
येशूलाई पछ्याउनेहरुलाई सबै आज्ञाहरु पालन गर्न कसरी सिकाउने ? संसारको दास भएर जीवन बिताएकाहरुलाई परमेश्वरको राज्यको नागरिकहरु बन्नलाई कसरी सुसज्जित बनाउने ?
चेला शब्दको अर्थ पछ्याउने व्यक्ति हो । तसर्थ, चेला परमेश्वलाई पछ्याउने व्यक्ति हो । येशूले भन्नुभयो - "स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ" । त्यसैले, परमेश्वरको राज्यको राजा येशू हुनुहुन्छ । हामी उहाँका नागरिकहरु हौँ, उहाँका इच्छाका विषयहरु हौँ । उहाँको इच्छा, उद्धेश्य, अभिप्राय, प्राथमिकता र मान्यताहरु उच्चतम र उत्कृष्ट छन् । उहाँको वचन नै व्यवस्था हो । राज्यको व्यवस्था के हो त ? येशूले आफ्ना नागरिकहरुलाई के गर भन्नुहुन्छ ?
येशूले भन्नुभयो -- तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नु... आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू । येशूले भन्नुभयो, पूरानो करारका सारा व्यवस्था र अगमवक्ताहरुका शिक्षाहरुका आधार नै यी दुई आज्ञाहरु हुन् - परमेश्वरलाई प्रेम गर । मानिसलाई प्रेम गर । येशूले भन्नुभयो -- चेलाहरु बनाओ । येशूले भन्नुभयो -- मैले आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ ।
चेला बनाउने प्रक्रियामा सबै आज्ञाहरु पालन गर्न सिकाउनु पनि समावेश भएको हुनाले नयाँ करारलाई एउटै कुरामा सारंश दिन सकिन्छ जुन हो चेला बनाउनु ।
येशूलाई पछ्याउने, परमेश्वर र मानिस दुबैलाई प्रेम गर्ने र चेला बनाउने व्यति चेला हो ।
**अनि मण्डली के हो ? **
सायद तपाईँमा मण्डली एउटा भवन हो जहाँ तपाईँ जानुहुन्छ भन्ने सोँच होला । तर परमेश्वरको वचनअनुसार मण्डली एक भेला हो--जुन भेलाको तपाईँ एक भाग हुनुहुन्छ ।
बाइबलमा "मण्डली" शब्द तीन प्रकारले प्रयोग भएको छ
- विश्वव्यापी मण्डली -- विगत, वर्तमान, र भविष्यका येशूलाई पछ्याउने सम्पूणर् मानिसहरु
- सहर वा क्षेत्रिय मण्डली -- येशूलाई पछ्याउने र संसारको कुनै निश्चित क्षेत्रमा वा वरपर बस्ने सबै मानिसहरु
- घरेलु मण्डली -- येशूलाई पछ्याउने र तिनीहरुमध्ये एक वा एकभन्दा बढी बस्ने घरमा भेला हुने
आत्मिक परिवार - येशूलाई पछ्याउने, परमेश्वर र मानिसलाई प्रेम गर्ने, र चेला बनाउने व्यक्तिहरुको भेला अन्तिम प्रकारको मण्डली हो - घरेलु मण्डली वा साधारण मण्डली ।
जब यी साधारण मण्डलीहरुका समुहहरु एकसाथ कुनै वृहत काम गर्न एक-अर्कासँग जोडिन्छन् तब सहर वा क्षेत्रिय मण्डली बन्दछ ।
ती सरल मण्डलीहरुका समुहहरु एक अर्कासँग जोडिएर क्षेत्रिय मण्डली बन्दै इतिहासभर फैलिएका हुन्छन् अनि विश्वव्यापी मण्डली बन्दछ ।
यही मण्डली नै अग्रेंजीमा क्यापिटल "C" बाट लेखिने मण्डली हो ।
साधारण मण्डलीहरु आत्मिक परिवारहरु हुन् जहाँ येशू उनीहरुका केन्द्रबिन्दु र राजा हुनुहुन्छ । साधारण मण्डलीहरु आत्मिक परिवार हुन् जसले परमेश्वरलाई र अरुलाई प्रेम गर्छन्, चेला बनाउँछन् र वृद्धि गर्छन् । कति मण्डलीहरुको भवन, कार्यक्रमहरु, बजेट, र कर्मचारीहरु हुन्छन् । तर साधारण मण्डलीमा परमेश्वर र अरुलाई प्रेम गर्न, चेला बनाउन, र वृद्धि गर्न यी कुराहरुको आवश्यक पर्दैन । साधारण मण्डलीहरु जोडिएर बनेका क्षेत्रिय मण्डलीहरुमा अन्य चीजहरुले अनावश्यक जटिलता ल्याउँदै वृद्धि हुन गाह्रो बनाउने भएको कारणले हाम्रो यस तालिममा हामी भवन, कार्यक्रम, बजेट, कर्मचारी जस्ता चिजहरुलाई समावेश गर्दैनौँ ।
याद गरौँ, जूमेको अर्थ खमीर हो - एक सरल र एकल कोशिका जीव जुन द्रुत रुपमा उत्पादन हुँदै फैलिन्छ ।
जूमेको तालिमद्धारा हामी खमीर जस्तै हुनेछौँ - सरल र द्रुत रुपमा वृद्धि गर्ने । तर वृद्धि गर्नु अगि परमेश्वरले के उत्पादन गरेको चाहनुहुन्छ थाहा गरौँ । किनकि वृद्धि गर्नु असल कुरा हो तर यो सधैँ असल हुन्छ भन्ने छैन । क्यान्सर पनि द्रुत रुपमा फैलिन्छ तर त्यो घातक हुन्छ ।हामीले मृत्यु होइन जीवन कसरी पुनरुत्पादन गर्ने ? र हामी पुनरुत्पादन योग्यका चेलाहरु हुन कसरी सुनिश्चित गर्ने ?
छलफल गर्नुहोस्
(10 min)
- मण्डलीको बारेमा सोँच्दा तपाईँको विचारमा के आउँछ ?
- भिडियोमा वणर्न गरिएको साधारण मण्डलीमा र त्यो तस्वीरमा के फरक छ ?
- तपाईँलाई कुन चाहिँ वृद्धि हुन सजिलो हुन्छ जस्तो लाग्छ र किन ?
READ
(5 min)
परमेश्वरलाई सुन्नु र उहाँको आज्ञापालन गर्नु हो
जूमे तालिममा पुनः स्वागत छ । यस सेसनमा हामी परमेश्वरबाट सुन्ने र सुनेको कुरालाई पालन गर्ने सम्बन्धि कुरा गर्नेछौँ ।
श्वास जीवन हो । हामी सास लिन्छौँ । हामी सास फाल्छौँ । जीवन ।
परमेश्वरको राज्यमा पनि श्वास त्यत्तिनै महत्वपूणर् छ । वास्तवमा, परमेश्वरले आफ्नो आत्मालाई "सास" भन्नुभएको छ ।
परमेश्वरको राज्यमा जब हामी परमेश्वरबाट सुन्दछौँ, हामी सास भित्र लिन्छौँ । जब हामी वचनद्दारा परमेश्वरबाट सुन्दछौँ, हामी सास भित्र लिन्छौँ - बाइबल जब हामी प्रार्थनाद्दारा परमेश्वरबाट सुन्दछौँ, हामी सास भित्र लिन्छौँ - परमेश्वरसँग हाम्रो बातचीत । जब हामी मण्डलीद्दारा परमेश्वरबाट सुन्दछौँ, हामी सास भित्र लिन्छौँ - मण्डली, र येशूलाई पछ्याउने अरु व्यक्तिहरु । जब हामी उहाँको कामद्दारा परमेश्वरबाट सुन्दछौँ, हामी सास भित्र लिन्छौँ - विभिन्न घटनाहरु, अनुभवहरु, परमेश्वरले आफ्ना छोराछोरीहरुको जीवनमा कहिलेकाहीँ आउन अनुमति दिनुहुने सतावट र पीडाहरु ।
जब हामी परमेश्वरबाट सुनेको वचनअनुसार काम गर्छौँ हामी परमेश्वरको राज्यमा सास बाहिर फाल्छौँ । जब हामी आज्ञा पालन गर्छौँ हामी सास बाहिर फाल्छौँ ।
कहिलेकाहीँ आज्ञा पालन गर्न सास बाहिर फाल्नु भन्नाले हाम्रो विचार परिवर्तन गर्नु, हाम्रो बोली र व्यवहार येशू ख्रीष्टको इच्छा अनुसार बनाउनु हो ।
कहिलेकाहीँ आज्ञा पालन गर्न सास बाहिर फाल्नु भन्नाले येशूले हामीलाई दिनुभएको कुराहरु बाँड्नु हो- उहाँले दिनुभएको कुरा अरुलाई दिने- जसरी हामी आशिसित छौँ त्यसरी अरुलाई पनि आशिसित बनाउने ।
येशू ख्रीष्टलाई पछ्याउने व्यक्तिको निम्ति सास भित्र लिने र बाहिर फाल्ने एकदमै महत्वपूणर् हुन्छ । यही नै हाम्रो जीवन हो । येशूले भन्नुभयो- पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले त्यसै गर्छ ।
येशूले भन्नुभयो- किनभने मैले आफ्नै तर्फबाट बोलिनँ, तर मैले के भन्नुपर्ने हो, र के बोल्नुपर्ने हो, मलाई पठाउनुहुने पिता आफैले मलाई आज्ञा दिनुभएको छ ।
येशूले भन्नुभयो उहाँले बोल्नुभएको प्रत्येक वचन परमेश्वरबाट सुनेर बोल्नुभयो र जे सुन्नुभयो आज्ञा पालन गर्नुभयो ।
सास भित्र लिने- परमेश्वरबाट सुन्ने सास बाहिर फाल्ने- आफूले सुनेको कुरा आज्ञा पालन गर्ने र अरुसँग बाँड्ने
येशूले भन्नुभयो उहाँको चेलाहरुले पवित्र आत्माको कारण परमेश्वरबाट सुन्दछन् - उहाँको सास जुन उहाँलाई पछ्याउने प्रत्येक व्यक्तिमा हालिदिनुभएको छ ।
येशूले भन्नुभयो- तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।
सास भित्र लिने- परमेश्वरबाट सुन्ने सास बाहिर फाल्ने- आफूले सुनेको कुरा आज्ञा पालन गर्ने र
अरुसँग बाँड्नेयेशूले हामीलाई जीउन सिकाउँदै हुनुहुन्थ्यो ।
अनि हामी परमेश्वरको आवाज कसरी सुन्छौँ ? हामीले के आज्ञा पालन गर्ने कसरी थाहा पाउने ?
येशूले आफैँलाई असल "गोठालो" भन्नुभयो । उहाँलाई पछ्याउनेहरुलाई उहाँले उहाँका "भेडा" भन्नुभयो । येशूले भन्नुभयो - मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन् । येशूले भन्नुभयो- जो परमेश्वरको हो, त्यसले परमेश्वरका वाणी सुन्दछ । तिमीहरू परमेश्वरका होइनौ, यसैकारण तिमीहरू सुन्दैनौ । येशू ख्रीष्टको चेलाहरु भएका कारण हामीले उहाँको आवाज सुन्नुपर्दछ ।
हामी शान्त रहेर उहाँको आवाज सुन्न सक्छौँ ।
- हामी उहाँमा ध्यान केन्द्रित भएर उहाँको आवाज सुन्न सक्छौँ ।
- हामीले हाम्रो विचारहरु, दर्शनहरु, भावनाहरु, र प्रभावहरुमा उहाँको आवाज सुन्न सक्छौँ ।
- जब हामीले उहाँको आवाज सुन्छौँ हामी लेख्छौँ र हामीले सुनेको कुरालाई जाँच गर्छौँ ।
- हरेक आवाज, विचार, दर्शन, भावना, र प्रभाव परमेश्वरबाट नै हुन्छ भन्ने छैन ।
कहिलेकाहीँ त्यो शत्रुको आवाज हुनसक्छ । येशूले भन्नुभएको छ, हाम्रो शत्रु झुट बोल्छ, र ऊ झूटको पिता हो । येशूले भन्नुभएको छ, हाम्रो शत्रु चोर्न, मार्न, र नाश गर्न आउँछ । तर परमेश्वरले भन्नुहुन्छ हामीले उहाँबाट सुन्नेछौँ र जब हामीले सुन्छौँ उहाँ नै हुनुहुन्छ भनि चिन्नेछौँ । अभ्यास र प्रार्थनाद्दारा हामीले परमेश्वरको आवाज राम्रोसँग चिन्न सक्छौँ । हामीले सुनेको आवाज उहाँको हो कि होइन पत्ता लगाउन सिक्न सक्छौँ ।
हामीले सुनेको कुरा जाँच गर्ने केही तरिकाहरु :
- जब येशू बोल्नुहुन्छ - उहाँको आवाज उहाँको लिखित वचन अर्थात बाइबलमा पहिला नै हामीलाई भनिएको वचनसँग मेल खान्छ । उहाँले बोल्ने आवाज, उहाँको लिखित आवाज अर्थात बाइबलको विपरित हुँदैन ।
- जब येशू बोल्नुहुन्छ- उहाँको आवाजले हाम्रो हृदयमा आशा र शान्ति दिनुहुन्छ । उहाँको आवाजले हामीलाई दोषी र निराश बनाउनुहुन्न । येशूले दोषी ठहराउनुहुन्न तर प्रेममा सुधार्नुहुन्छ ।
- येशूको आवाजले शरीरको कामलाई ब्यक्त गर्नुहुन्न - व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईष्र्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कड़पन, अश्लील मोजमज्जा । यी कुराहरु परमेश्वरको आवाजबाट होइनन् ।
- जब येशू बोल्नुहुन्छ- उहाँको आवाजले पवित्र आत्माको फलहरु व्यक्त गर्नुहुन्छ - प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम ।
- जब येशू बोल्नुहुन्छ- उहाँको आवाजले शकां होइन तर निर्धक्कता दिनुहुन्छ । हामीले सुनेको वचन परमेश्वरबाट नै हो भनि हामीलाई मनमा ज्ञान र शान्ति हुन्छ । हामीले एकै चोटि सबै कुरा नसुनौँला.. सायद हामीलाई थाहा हुनुपर्ने कुराको आंशिक भाग मात्रै सुनेको हौँला तर हामीले जे सुन्छौँ ठोस र अपरिवर्तनिय हुन्छ ।
येशू ख्रीष्टलाई पछ्याउने प्रत्येक व्यक्तिको लागि असल खबर यही छ की जब हामी सास भित्र लिन्छौँ र परमेश्वरबाट सुन्छौँ अनि सास बाहिर फाल्छौँ र आज्ञाकारी हुन्छौँ, हामीले सुनेको कुरा अरुसँग बाँड्छौँ- परमेश्वर अझै स्पष्टरुपमा बोल्नुहुन्छ ।
हामीद्दारा उहाँको सास अझै बग्दछ ।
हामीले अझै स्पष्ट रुपमा उहाँको आवाज सुन्नेछौँ । हामी अरुको होइन उहाँको आवाज चिन्नेछौँ । हामीले संसारमा उहाँको काम देख्नेछौँ र उहाँसँगै सहभागी भएर काम गर्न सक्नेछौँ ।
हामी सास भित्र लिन्छौँ, हामी सास बाहिर फाल्छौँ । जीवन ।
छलफल गर्नुहोस्
(10 min)
- परमेश्वरको आवाज सुन्न र चिन्न किन महत्वपूर्ण छ ?
- परमेश्वरलाई सुन्नु र प्रतिक्रिया दिनु सास फेर्नु जस्तै हो ? किन हो र किन होइन ?
READ
(5 min)
एस.ओ.ए.पि.एस बाइबल अध्ययन
येशूले भन्नुभयो --"सबै मानिसहरूलाई मेरा चेलाहरू बनाओ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। तिनीहरूलाई मैले आज्ञा गरेका सबै कुराहरू मान्न सिकाओ।
यदि येशूले दिनुभएका सबै आज्ञाको पालना येशूका सबै चेलाहरूले गर्ने भए, तब येशूको आज्ञालाई उनीहरूले जान्नुपर्छ |
महान आज्ञा र महान आदेश हाम्रो लागि परमेश्वरको सन्देशको एक महान सारांश हो, तर एक चेला यदि पूर्ण नापमा बढ्दैछ जुन कुराको लागि परमेश्वरले उसलाई सृजनुभएको थियो, तब उसले अझै जान्न र आज्ञा मान्न आवश्यक छ |
SOAPS को पूर्ण रुप यो हो:
- धर्मशास्त्र
- अवलोकन
- पालना
- प्रार्थना
- र बाँड्ने
यो सिक्ने एक सरल एवम् प्रभावकारी बाइबल अध्ययनको तरिका हो जुन येशूका जस्तोसुकै चेलाले पनि प्रयोग गर्न सक्छ | अब प्रत्येक खण्डलाई अझै नजिकिएर हेरौँ |
जब तपाईँ बाइबल पढ्नु वा सुन्नु हुन्छ:
- धर्मशास्त्र : तपाईँको लागि आज अर्थपूर्ण रहेको एउटा वा अधिक पदहरू लेख्नुहोस् |
- अवलोकन : ती पदहरू वा मुख्य बुँदाहरूलाई धर्मशास्त्रबाट आफ्नै शब्दमा फेरी लेख्नुहोस् ताकि अर्थ बुझ्न अझै सरल होस् |
- पालना : ती आज्ञा वा अवधारणाहरूलाई आफ्नै जीवनमा पालना गर्नुको अर्थ बारे सोच्नुहोस् | के कुरा तपाईँले फरक ढंगले गर्नुपर्छ? ती कुरालाई लेख्नुहोस् |
- प्रार्थना : तपाईँले वचनबाट के पढ्दै हुनुहुन्छ भनी परमेश्वरलाई भन्न र उहाँका आज्ञाहरू पालना बारे तपाईँको बुझाई र तपाईँले सिक्नुभएको कुरालाई कार्यमा लैजाने बारे एउटा प्रार्थना लेख्नुहोस् |
- बाँड्ने : जे कुरा तपाईँले सिक्नुभयो र पालना गर्दैहुनुहुन्छ त्यसलाई को सँग बाँडेको परमेश्वर चाहनुहुन्छ भनी सोध्नुहोस् |
अब SOAPS लाई कार्यमा लगौँ:
- धर्मशास्त्र : बाइबलले बताउँछ: परमप्रभु भन्नुहुन्छ,"मेरा सोच-विचार तिमीहरूका जस्ता छैनन्, मेरा चाल तिमीहरूका भन्दा बेग्लै छन्। आकाश पृथ्वीभन्दा जति अग्लो छ, त्यत्ति नै तिमीहरूका भन्दा मेरा चाल र सोच-विचारहरू अग्ला छन्। यशैया ५५:८-९
- अवलोकन -एक मानिसको रूपमा, मैले जानेको र कसरी गर्ने भनी जानेको कुरामा म सिमित छु | परमेश्वर कुनै प्रकारले पनि सिमित हुनुहुन्न | उहाँ सबै थोक देख्नुहुन्छ र जान्नुहुन्छ | उहाँ जे पनि गर्न सक्नुहुन्छ |
- पालना - परमेश्वरले सबै कुरा जान्नुहुन्छ र उहाँका तरिकाहरू उत्तम भएकाले मैले उहाँलाई पछ्याएँ भने म सित धेरै सफलता हुनेछ जुन कुनै काम गर्दा आफैँमा भर पर्नु भन्दा पनि उत्तम छ |
- प्रार्थना -हे प्रभु, तपाईँलाई प्रसन्न पार्ने र अरुलाई मद्दत गर्ने एक असल जीवन कसरी जिउने म त्यो जान्दिन | मेरा तरिकाहरूले गल्ती तर्फ लैजान्छ | मेरा विचारले पीडा निम्त्याउँछ | बरु मलाई कृपया गरी तपाईँ कै तरिका र विचार सिकाउनुहोस् | जसै म तपाईँलाई पछ्याउँछु, तपाईँको पवित्र आत्माले मलाई डोर्याएको होस् |
- बाँड्ने -म मेरो साथी स्टिभ सँग यी पदहरू र पालना बाँड्छु, जो अहिले पीडादायी परिस्थिति भएर जाँदै छ र उसले गर्नुपर्ने महत्त्वपूर्ण निर्णयका कुरामा मार्गनिर्देशनको खाँचो छ |
SOAPS बाइबल अध्ययन जूमे टूलकिटमा सरल औजारहरू मध्ये एक |
गतिविधि
(30 min)
एस. ओ. ए. पी. एस (सोप्स) बाइबल अध्ययन
सामग्री:
एस (S) = Scripture मतलब बचन
तपाईको लागि आज अर्थपूर्ण लागेको एक वा धेरै बचनहरू लेख्नुहोस्।
ओ (O) = Observation मतलब अवलोकन
ती बचनहरू वा मुख्य बुँदाहरूलाई राम्रोसँग बुझ्ने गरी आफ्नै शब्दहरूमा पुन: लेख्नुहोस्।
ए (A) = Application मतलब लागू गर्नु
आफ्नो जीवनमा यी आज्ञाहरू पालन गर्नुको अर्थ के हो भनेर सोच्नुहोस्।
पी (P) = Prayer मतलब प्रार्थना
तपाईंले के सिख्नु भयो र त्यसलाई कसरी पालन गर्ने योजना बनाउनुभएको छ भनी परमेश्वरलाई प्रार्थना लेख्नुहोस्।
एस (S) = Share मतलब बाँड्नु
तपाईंले सिकेका/लागू गरेका कुराहरू परमेश्वरले को-कोसँग बाँड्न भन्नु भएको हो सोध्नुहोस्।
यहाँ एउटा सोप्सको उदाहरण छ।
बचन - परमप्रभु भन्नुहुन्छ, "तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्।
तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्।
आकाश पृथ्वी भन्दा अल्गो छ।
त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन्
अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।"यशैया ५५:८-९
अवलोकन - एक मानवको रूपमा म के जान्दछु र जानेको कुरा कसरी गर्ने भन्ने कुरामा सीमित छु। परमेश्वोर कुनै पनि हिसाबले सीमित हुनुहुन्न। उहाँले सबै कुरा देख्नुहुन्छ र जान्नुहुन्छ। उहाँले जे पनि गर्न सक्नुहुन्छ।
**लागू गर्नु ** - परमेश्वरले सबै कुरा जान्नुहुन्छ र उहाँका मार्गहरू उत्तम छन्। त्यसैले मैले मेरा तरिकाहरुलाई छाडेर सबै कुरामा उहाँलाई पछ्याएं भने धरै सफलता हाशिल गर्ने छु।
प्रार्थना -परमेश्वर, मलाई थाहा छैन कि कसरी म राम्रो जीवन जिउन सक्छु जसले तपाईलाई खुशी परोस् र अरूलाई मद्दत होस्। मेरा बटाले गल्तीहरु निम्त्याउँछन्। मेरा विचारहरुले चोट पुर्याउँछन्। यसको सट्टा, कृपया मलाई तपाईंका तरिकाहरु र विचारहरू सिकाउनुहोस्। तपाईंलाई पछ्याउँदा तपाईंको पवित्र आत्माले मलाई डोऱ्याउनुहोस।
बाँड्नु - म यी पदहरू र यो लागु गर्ने कुराहरु मेरो साथी, स्टीभसँग बाँड्ने छु, जो अहिले कठिन समयबाट गुज्रिरहेको छ र जसलाई केहि निर्णयहरु गर्नको लागि मार्ग दर्शनको खाँचो छ।
READ
(5 min)
जवाफदेहीता झुण्डहरु
येशूले भन्नुभयो -"जसलाई धेरै दिइएको छ, त्यसले धेरै दिनुपर्छ। त्यसै गरी जसलाई धेरै सुम्पिएको छ, उसले त्यति नै धेरै बुझाउनुपर्छ।"
जवाफदेहीता बारे येशूले धेरै कथाहरू भन्नुभयो र हाम्रो गराई र बोलाईमा हामीलाई कसरी जिम्मेवारी ठहराइन्छ भन्ने बारे धेरै सत्यताहरू बताउनुभयो |
येशूले अब यी कुराहरू हामीलाई भन्नुहुन्छ, ताकि हामी पछिको लागि तयार हुन सकौं | र उहाँ प्रति हामी एक दिन जवाफदेही हुने हुनाले, आज नै हामी एक-अर्का प्रति जवाफदेही हुन सिकेको असल हो |
जवाफदेहीता झुण्डहरू एकै लिंगका दुई वा तीन जना मानिसहरू मिलेर बनेको हुन्छ -पुरुष सित पुरुष, महिला सित महिला -जो हप्तामा एक चोटी प्रश्नहरूको एउटा सेट बारे छलफल गर्न भेटघाट गर्छन् जसले ठीक वातावरणको ठाउँहरू प्रकट गर्न मद्दत गर्छ र अन्य ठाउँहरू जहाँ सच्याउन आवश्यक छ |
येशूका प्रत्येक चेलाहरू जिम्मेवारी ठहराइने छन्, त्यसैले येशूका प्रत्येक चेलाहरूले एक अर्का सित जवाफदेहीता अभ्यास गर्नुपर्छ |
जवाफदेहीता झुण्डहरू जूमे टूलकिटको अर्को सरल औजार
गतिविधि
(20 min)
जवाफदेहिता समूहहरू
१. तपाईंले परमेश्वोरलाई आफ्नो जीवनमा कसरी काम गर्नुभएको देख्नु भएको छ?
२. के तपाईं यस हप्ता तपाईंको वचन र कार्य दुवैद्वारा येशू ख्रीष्टको महानताको गवाही बन्नुभयो?
३. के तपाइँ यौन रूपमा आकर्षित सामग्रीको सम्पर्कमा आउनुभएको छ वा तपाइँको दिमागलाई अनुपयुक्त यौन विचारहरूले मनोरञ्जन गर्न अनुमति दिनुभएको छ?
४. के तपाईंले पैसाको प्रयोगमा परमेश्वरको स्वामित्व स्वीकार्नुभएको छ?
५. के तपाईंले कुनै कुराको लोभ गर्नुभएको छ ?
६ . के तपाईंले आफ्नो शब्दद्वारा कसैको प्रतिष्ठा वा भावनामा चोट पुर्याउनुभएको छ?
७ . के तपाईं वचन वा कार्यमा बेइमान हुनुभएको छ वा बढाइचढाइ गर्नुहुन्छ?
८ . के तपाईं लतमा (वा अल्छीपन वा अनुशासनहीन) व्यवहारमा पर्नुभएको छ?
९ . के तपाईं लुगा-फाटा, साथी-भाइ, काम, वा सम्पत्तिको दासत्वमा पर्नुभएको छ?
१० . के तपाईं कसैलाई माफ गर्न असफल हुनुभएको छ ?
११ . तपाईं के कस्ता चिन्ताहरू सामना गर्दै हुनुहुन्छ?
१२ . के तपाईंले गुनासो वा गनगन गर्नुभएको छ?
१३ . के तपाईंले कृतज्ञ हृदय कायम राख्नुभएको छ?
१४ . के तपाईंले आफ्नो महत्त्वपूर्ण सम्बन्धहरूमा सम्मान, समझदारी र उदारतालाई कायम राख्नुभएको छ?
१५ . तपाईंले विचार, वचन वा कार्यमा कस्ता प्रलोभनहरूको सामना गर्नुभएको छ र तपाईंले कस्तो प्रतिक्रिया दिनुभयो?
१६ . तपाईंले अरूलाई, विशेष गरी विश्वासीहरूलाई सेवा गर्ने वा आशीर्वाद दिने अवसरहरू कसरी लिनुभएको छ?
१७ . के तपाईंले प्रार्थनाको विशेष जवाफ पाउनुभएको छ?
समीक्षा
(1 min)
यस सत्रमा सुनिने अवधारणाहरू:
यस सत्रमा सुनिने उपकरणहरू:
- परमेश्वरले साधारण मानिसहरूलाई प्रयोग गर्नुहुन्छ
- चेला र चर्चको सरल परिभाषा
- आध्यात्मिक श्वास भनेको परमेश्वरको आवाज सुन्नु र परमेश्वरको आज्ञा पालन गर्नु हो
- उपभोक्ता बनाम उत्पादक जीवनशैली
- एस. ओ. ए. पी. एस (सोप्स) बाइबल अध्ययन
- जवाफदेहिता समूहहरू
- प्रार्थनामा एक घण्टा कसरी बिताउने
- सम्बन्धगत भण्डारी - 100 को सूची
Take a Break
सारशं
(1 min)
यस सत्रमा हामी यी अवधारणाहरू सुन्न र छलफल गर्नेछौं:
र हामी यी उपकरणहरू हाम्रो टुलकिटमा थप्नेछौं:
- परमेश्वरले साधारण मानिसहरूलाई प्रयोग गर्नुहुन्छ
- चेला र चर्चको सरल परिभाषा
- आध्यात्मिक श्वास भनेको परमेश्वरको आवाज सुन्नु र परमेश्वरको आज्ञा पालन गर्नु हो
- उपभोक्ता बनाम उत्पादक जीवनशैली
- एस. ओ. ए. पी. एस (सोप्स) बाइबल अध्ययन
- जवाफदेहिता समूहहरू
- प्रार्थनामा एक घण्टा कसरी बिताउने
- सम्बन्धगत भण्डारी - 100 को सूची
READ
(5 min)
उत्पादक हो उपभोक्ता होइन
यस सेसनमा हामी येशूलाई पछ्याउने व्यक्तिहरु सरल उपभोक्ता होइन तर परमेश्वरको राज्यमा उत्पादक कसरी बन्ने भन्ने विषयमा कुरा गर्नेछौँ ।
उहाँको सिद्ध योजनामा परमेश्वरले हामीलाई सन्तुलित जीवन जिउन बनाउनुभयो - उत्पादन गर्न र उपभोग गर्न, बनाउन र प्रयोग गर्न, खन्याउन र तृप्त हुन र फेरि खन्याउन । तर हाम्रो यो भत्किएको संसारमा मानिसहरुले परमेश्वरको योजनालाई इन्कार गर्छन, र धेरै मानिसहरुले परमेश्वरको सिद्ध योजना आशिंक रुपमा मात्र पूरा गर्नको लागि आफ्नो बल खर्चिरहेको हुन्छ । उनीहरुले सिक्छन् तर अरुसँग बाँड्दैनन् । तिनीहरु तृप्त हुन्छन् तर अरु माथि खन्याउँदैनन् । तिनीहरुले उपभोग गर्छन् तर उत्पादन गर्दैनन् ।
यदि हामी वृद्धि गर्ने खालको चेलाहरु बनाउन चाहन्छौँ भने हामीले उनीहरुलाई उपभोक्ता मात्र होइन उत्पादक कसरी हुने सिकाउनु पर्दछ ।
त्यो यसरी गर्न सकिन्छ - हामीलाई आत्मिक रुपमा बढाउनको लागि परमेश्वरले आफ्नो वचन प्रयोग गर्नुहुन्छ- जुन हामी धर्मशास्त्र वा बाइबल भन्छौँ ।
प्रत्येक चेला वचन सिक्नको लागि, अनुवाद गर्नको लागि, र व्यवहारमा लगाउनको लागि सुसज्जित हुनुपर्छ । परमेश्वरले हजारौँ वर्षको अन्तरालमा कयौँ लेखकद्धारा आफ्नो वचन विश्वासयोग्य मानिसहरुका हृदयमा बोल्नुभयो जसले आफूले सुनेको वचनलाई अरुसँग बाँडे । वचनले हामीलाई परमेश्वरको कथा, उहाँको योजना र हृदय, र उहाँको मार्गहरु सिकाउँछ ।
अघिल्लो सेसनमा तपाईँले दुई वटा सरल विधिहरुको बारेमा सिक्नुभएको थियो- एस. ओ. ए. पि. एस बाइबल अध्ययन र जवाफदेहीता झुण्ड । अब आउँदो सेसनमा अर्को एउटा विधि सिक्नुहुनेछ- ३/३ झुण्डहरु । यी तीन वटा उपकरणहरुका समिश्रण प्रयोगद्धारा नयाँ विश्वासीलाई परमेश्वरको वचन सिक्न, अनुवाद गर्न, र व्यवहारमा लगाउन सहायता गर्छ । उनीहरुले परमेश्वरको वचन सुन्ने मात्रै नभएर वचन पालन गर्ने र अरुसँग बाँड्न सिक्नेछन् ।
हामीलाई आत्मिक रुपमा बढाउनको लागि परमेश्वर मौखिक वचनद्धारा पनि बोल्नुहुन्छ - जुन हामीले प्रार्थनाद्धारा जाँच गर्न सक्छौँ । प्रार्थना, परमेश्वरसँग बोल्नु र उहाँबाट सुन्नु हो । प्रार्थनाद्धारा हामी परमेश्वरलाई अझ घनिष्ट रुपमा चिन्न र उहाँको हृदय, ईच्छा, र मार्गहरु बुझ्न सक्छौँ । प्रार्थनाको सहायताले हामी अरुलाई सेवकाय दिन, सेवा गर्न, र सिकाउन सक्छौँ र परमेश्वरलाई अझ बढी चिन्नको लागि एक व्यक्ति वा समुहलाई विशेष तरिकाले बाँड्न पनि सहायता पाउन सक्छौँ ।
दुई वटा सरल उपकरणहरु- प्रार्थनाको हिँडाई र प्रार्थनाको चक्रले विश्वासीहरुलाई व्यक्तिगत प्रार्थनाको जीवन जिउन र अरुलाई सेवा पुग्ने प्रकारले प्रार्थना गर्न सहायता हुन्छ । यी उपकरणहरुको सहायताले निरन्तर प्रार्थना गर्ने बानी बस्छ र संसारलाई शारीरिक आँखाले होइन तर आत्मिक दृष्टिले हेर्ने बानी बसाल्छ ।
यी विधिहरु/उपकरणहरुका निरन्तर प्रयोगले येशूलाई पछ्याउनेहरुका जीवनमा प्रार्थना र परमेश्वरबाट सुन्ने र सुनेको वचन बाँड्ने क्षमता बढ्छ । हाम्रो आत्मिक वृद्धिको लागि परमेश्वरले आफ्नो विश्वासीहरु अर्थात मण्डली वा येशूलाई पछ्याउने व्यक्तिहरु प्रयोग गर्नुहुन्छ ।
हामी विश्वासीहरु एकसाथ भेला हुन्छौँ र एक-अर्कामा जोडिएका हुन्छौँ । परमेश्वरले भन्नुहुन्छ, येशूमा हामी छुट्ट-छुट्टै अङ्गहरु तर एउटै शरीर हौँ र हामी सबैजना एक-अर्कामा बाँधिएका छौँ । अर्थात, हामी परमेश्वरमा मात्रै नभएर एक-अर्कासँग पनि बाँधिएका छौँ । परमेश्वरले भन्नुहुन्छ एक अर्कामा समर्पित हौ । परमेश्वरले भन्नुहुन्छ एक अर्काको सेवा गर । हामी हरेक जनाको आफ्नो-आफ्नै तागत र कमजोरीहरु हुन्छन् । हामीले हाम्रो तागतको प्रयोगले कमजोरीहरुका सेवा गरेको परमेश्वर चाहनुहुन्छ । र हाम्रो कमजोरीमा उहाँले दिनुभएको अरुको तागतको प्रयोगले हामीलाई सहायता गर्न दिएको चाहनुहुन्छ ।
परमेश्वरको वचनले भन्दछ, उहाँले हामी प्रत्येकलाई विशेष क्षमता दिनुभएको छ र एक-अर्कालाई सेवा गर्नको लागि उक्त क्षमताको प्रयोग निश्चय नै गर र परमेश्वरको अनेकौँ आशिस अरु माथि बर्साओ । ३/३ सरल झुण्ड, जवाफदेहीता झुण्ड र साथी परामर्श (पियर मेन्टरिङ)हरुले हामीलाई एक अर्कालाई प्रेम र असल काम गर्नको लागि उत्साह दिनको साथै परमेश्वरप्रति आज्ञाकारी हुन मात्र नभएर आफूले सिकेका कुराहरु अरुसँग बाँड्न पनि सहायता गर्छ ।
परमेश्वरले सतावट र कष्टलाई पनि प्रयोग गर्नुहुन्छ - परमेश्वरले हाम्रो आत्मिक वृद्धिको लागि येशूको लागि हामीले गरेको बलिदान, गुमाएका कुराहरु, र भोगेको कष्टहरु प्रयोग गर्नुहुन्छ । हामीले येशूलाई प्रेम गरेका कारण र हामी उहाँप्रति आज्ञाकारी भएका कारण जब मानिसहरुले हामीलाई कष्ट दिन्छन् वा हामीले येशूलाई प्रेम गरे तापनि, उहाँप्रति आज्ञाकारी भए तापनि हाम्रो जीवनमा खराब समयहरु जब आउँछन् परमेश्वरले ती सतावट र कष्टको प्रयोगद्धारा हामीलाई येशू जस्तै बनाउनको लागि हाम्रो आचरण शुद्धिकरण गर्नुहुन्छ । उहाँले हाम्रो चरित्र बिकास गर्नुहुन्छ, हाम्रो विश्वासलाई बलियो र शुद्ध पार्नुहुन्छ र हामीलाई सेवाकायको लागि सुसज्जित पार्नुहुन्छ र विशेष प्रकारले अरुलाई सेवा गर्ने मौका दिनुहुन्छ जो कष्टमा छन् -हामीलाई हेर्ने र हाम्रो कष्ट देख्ने सबैको माझमा उहाँले आफैँलाई स्पष्ट रुपमा प्रकट गर्नुहुन्छ । हामीले येशूलाई पछ्याएका कारण हामी निश्चय नै सतावटमा पर्नेछौँ भनि परमेश्वरले भन्नुभएको छ ।
येशूले भन्नुभयो- "धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन् । तब रमाओ, र अत्यन्त खुसी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए ।
३/३ सरल उपकरण झुण्ड र जवाहफदेहीता झुण्डहरुले येशूलाई पछ्याउने व्यक्तिहरुले आफूले भोगेका सतावट सम्बन्धि बताउने मौका पाउँछन् ।
यी झुण्डहरुले तपाईँलाई परमेश्वरको वचनअनुसार संकटको समयहरु पक्कै आउनेछन् भन्ने कुरा चेलाहरुलार्इृ सिकाउने मौका दिनेछ र उनीहरुलाई ती समयहरुमा पनि परमेश्वरको प्रेममा विश्वास राख्दै सही प्रकारले प्रतिक्रिया दिन उनीहरुलाई सुसज्जित पार्न सहायता गर्नेछ ।
वचन । प्रार्थना । शरीर जीवन । सतावट र कष्ट । परमेश्वरले हामीलाई उहाँको सिद्ध छोरा, येशू जस्तै बनाउन यी तरिकाहरु प्रयोग गर्नुहुन्छ ।
सरल उपकरणहरुले हामीलाई परमेश्वरले दिनुहुने असल कुराहरुको उपभोक्ता मात्रै होइन तर उत्पादकहरु र बाँड्ने व्यक्तिहरु बन्न सहायता गर्छन् ।
छलफल गर्नुहोस्
(10 min)
- माथिका चार क्षेत्रहरुमध्ये (प्रार्थना, परमेश्वरको वचन आदि) तपाईँले पहिलादेखि नै कुन अभ्यास गर्दै आउनुभएको छ ?
- कुन चाहिँको बारेमा अनिश्चित हुनुहुन्छ ?
- अरुलाई तालिम दिने सम्बन्धि तपाईँ कतिको तयारी हुनुहुन्छ ?
READ
(5 min)
प्रार्थना चक्र
आफ्ना चेलाहरूलाई येशूले अक्सर प्रार्थनाको उद्देश्य, अभ्यास र प्रतिज्ञाहरू बारे बताउनुभयो |
येशूले भन्नुभयो -"माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूको लागि ढोका उघारिनेछ किनभने माग्नेले पाउँछ, खोज्नेले भेट्टाउँछ र ढकढक्याउँनेका लागि ढोका उघारिनेछ।
येशूले चेलाहरूलाई सिकाउनुभयो कि प्रार्थना सार्वजनिक प्रशंसाको लागि, एक स्वार्थी इच्छाको सूचीको लागि वा बरबराएको अर्थहीन शब्दहरूको लागि होइन |
येशूले हामीलाई देखाउनुभयो कि प्रार्थनामा शक्ति छ किनकि यो प्रतक्ष र निरन्तर चलिरहने हाम्रो प्रेमिलो स्वर्गीय पिता सँगको कुराकानी हो |
कुनै पनि असल संवाद जस्तै, एक असल प्रार्थना भनेको दुवै पक्षहरूले सुन्नपर्छ--र बोल्नपर्छ |
तर ब्रह्माण्ड सृजनुहुने परमेश्वर सँग बोल्नु भयानक हुन सक्छ | र उहाँबाट फेरी केही कुरा सुन्नु-अक्सर अधिकांस मानिसहरूको लागि डरलाग्दो अनुभव हुन सक्छ |
असल खबर यो छ कि प्रार्थनामा राम्रो हुनु -हामीलाई प्रेम गर्नुहुने परमेश्वर सित उत्तम र गहिरो कुराकानी गर्नु -यी कुरा सम्भव मात्रै छैन-तर परमेश्वरले नै ठीक यही चाहनुहुन्छ |
तर जब प्रार्थना गर्नु नयाँ भाषा सिक्नु जस्तो लाग्छ-तपाईं कसरी यसमा राम्रो हुने?
उत्तर सरल छ - तपाईँ अभ्यास गर्नुहोस् |
प्रार्थनाको चक्र यसको लागि एक सरल औजार हो जुन तपाईँ आफ्नै लागि प्रयोग गर्न सक्नुहुन्छ र अन्य चेलाहरू सित पनि बाँड्न सक्नुहुन्छ |
केवल १२ सरल कदमहरूमा - प्रत्येक ५ मिनेटमा -प्रार्थनाको चक्रले तपाईँलाई बाइबलले सिकाउने प्रार्थनाका बाह्र तरिकाहरूमा डोर्याउँछ |
अन्त्यमा, तपाईँ घन्टौं प्रार्थनामा समय बिताउनुहुनेछ | बाइबलले हामीलाई बताउँछ - "निरन्तर प्रार्थना गरिरहो |"
हामी मध्ये धेरैले यो गर्न सक्छौँ भनी भन्न सक्दैनौं | तर यस प्रार्थनाको घडीमा - तपाईँ एक कदम नजिक हुनुहुनेछ |
प्रार्थनाको चक्र- जूमे टूलकिटको अझै एउटा सरल औजार |
गतिविधि
(60 min)
प्रार्थना चक्र
सामग्री:
केवल १२ सरल चरणहरूमा - प्रत्येक ५ मिनेटको - यो प्रार्थना चक्रले तपाईंलाई बाइबलले हामीलाई प्रार्थना गर्न सिकाउने १२ तरिकाहरूमार्फत डोऱ्याउँदछ। अन्तमा, तपाईंले एक घण्टाको लागि प्रार्थना गरी सक्नुभएको हुनेछ ।

प्रशंसा परमेश्वोरको प्रशंसा गरेर तपाईंको प्रार्थनाको समय सुरु गर्नुहोस्। अहिले तपाईको दिमागमा रहेका कुराहरूको लागि उहाँको प्रशंसा गर्नुहोस्। गत हप्तामा उहाँले तपाईंको जीवनमा गर्नुभएको एउटा विशेष कुराको लागि उहाँको प्रशंसा गर्नुहोस्। आफ्नो परिवारप्रति उहाँको भलाइको लागि उहाँको प्रशंसा गर्नुहोस्।
पर्खनुहोस् परमेश्वोरको प्रतीक्षामा समय बिताउनुहोस्। मौन रहनुहोस् र उहाँलाई तपाईंको लागि प्रतिबिम्बहरू एकसाथ राख्न दिनुहोस्।
स्वीकार गर्नुहोस् पवित्र आत्मालाई तपाईंको जीवनमा उहाँलाई मन नपर्ने कुरा देखाउनको लागि भन्नुहोस। उहाँलाई गलत मनोवृत्तिहरू औंल्याउन भन्नुहोस, साथै यी बिशेष कुराहरु देखाउन आग्रह गर्नुहोस् जसको कारण तपाईंले अहिलेसम्म स्वीकारको प्रार्थना गर्नुभएको छैन। अब यी कुरा परमेश्वोरमा स्वीकार गर्नुहोस् ताकि तपाईं शुद्ध हुनुहुनेछ।
वचन पढ्नुहोस् भजनमा, अगमवक्ताहरूमा, वा नयाँ नियममा अवस्थित प्रार्थनाका पदहरू पढेर समय बिताउनुहोस् ।
सोध्नुहोस् आफ्नो तर्फबाट बिन्ति गर्नुहोस्।
मध्यस्थता अरूको तर्फबाट बिन्ति गर्नुहोस्।
वचनमा प्रार्थना गर्नुहोस् विशिष्ट खण्डहरू प्रार्थना गर्नुहोस्। यसमा बचनको प्रयोग गरेर गरिने प्रार्थनाहरूका साथै थुप्रै भजनसंग्रहहरूले पनि राम्रो सहयेता पूर्याउन्छन् ।
धन्यवाद दिनुहोस् तपाईंको जीवनमा भएका कुराहरूका लागि, तपाईंको परिवारको तर्फबाट र तपाईंको मण्डलीको तर्फबाट प्रभुलाई धन्यवाद दिनुहोस्।
स्तुति गर्नुहोस स्तुति वा उपासनाको गीत वा अन्य कुनै भजन वा आध्यात्मिक गीत गाउनुहोस्।
मनन गर्नुहोस् परमेश्वोरलाई तपाईंसँग कुरा गर्न आग्रह गर्नुहोस। उहाँले तपाईंलाई दिनुहुने बिचारहरु उल्लेख गर्न एक कलम र कागज तयार राख्नुहोस।
सुन्नुहोस् तपाईंले पढेका कुराहरू, प्रार्थना गर्नुभएका कुराहरू र गाएका भजनहरुलाई मेल गरेर समय बिताउनुहोस् र हेर्नुहोस् कि परमेश्वोरले ती सबैलाई तपाईंसँग कुरा गर्न कसरी प्रयोग गर्नुहुनेछ।
प्रशंसा गर्नुहोस् तपाईंले परमेश्वोरसँग बिताउनु भएको समय र उहाँले तपाईंलाई दिनुभएको प्रभावहरूको लागि उहाँको प्रशंसा गर्नुहोस्। उहाँको महिमित गुणहरूको लागि उहाँको प्रशंसा गर्नुहोस्।
डिक ईस्टम्यानको पुस्तक द आवर दयाट चेंजेस द वोर्ल्ड (C) 2002 डिक ईस्टम्यान, चोजन बुक्स, ग्रान्ड रपिड्स, मिसिगन, अनुमतिद्वारा प्रयोग गरिएको।
छलफल गर्नुहोस्
(10 min)
- एक घण्टासम्म प्रार्थनामा बिताउने सम्बन्धि तपाईँको प्रतिक्रिया के छ ?
- तपाईँलाई कस्तो लाग्दैछ ?
- तपाईँले केही सिक्नुभयो वा सुन्नुभयो ?
- यदि तपाईँले यस्तो प्रकारको प्रार्थना निरन्तर रुपमा गर्नु भयो भने जीवन कस्तो होला ?
READ
(5 min)
१०० को सूची
येशूले भन्नुभयो - "जाओ र चेला बनाओ..." अनि उहाँका चेलाहरूले त्यही गरे |
उनीहरू आफ्ना परिवार कहाँ गए | उनीहरू आफ्ना साथीहरू कहाँ गए | शहरमा आफूले चिनेका मानिसहरू कहाँ उनीहरू गए | आफूले सँगै काम गरेका मानिसहरू कहाँ उनीहरू गए | उनीहरू गए |
येशूले "जाओ" भन्नुभयो र उनीहरूले पालना गरे | र परमेश्वरको परिवार बढ्यो |
"जाओ र चेला बनाओ" का लागि हामीलाई चाहिने सम्बन्धहरू परमेश्वरले पहिल्यै नै दिनुभएको छ |
उनीहरू हाम्रा परिवार, साथी, छिमेकी, सह-कर्मी र कक्षा-साथी-जीवनभर हामीले चिनेका मानिस, हामीले भर्खर भेटेका मानिसहरू हुन् |
परमेश्वरले हाम्रो जीवनमा पहिल्यै राख्नुभएका मानिसहरू सित विश्वासयोग्य हुनु भनेको चेलाहरू बढाउने प्रक्रियामा एउटा महान प्रथम कदम हो | र यो सूची बनाउने सरल कदम सित शुरु हुन सक्छ |
१०० को सूची जूमे टूलकिटमा एक सरल औजार हो जसले चेलाहरू बढाउँछ |
गतिविधि
(30 min)
आफ्नै १०० को सूची बनाउनुहोस्
आफ्नो सम्बन्धको भण्डारित्व सूची बनाउनुहोस्: आफ्नो प्रभावको घेराभित्र रहेका मानिसहरूको नाम लेख्नुहोस्। प्रत्येक व्यक्ति चेला हो, अझै विश्वासी नभएको हो, वा अज्ञात हो भनेर चिन्ह लगाउनुहोस्।
समूहको रूपमा समय निकाल्नुहोस् ताकि सबैले आ-आफ्नो सूची बनाउन सकून्। तपाईं कागज वा आफ्नो तालिम सामग्रीमा भएका डिजिटल उपकरणहरू प्रयोग गर्न सक्नुहुन्छ।
समीक्षा
(1 min)
यस सत्रमा सुनिने अवधारणाहरू:
यस सत्रमा सुनिने उपकरणहरू:
- परमेश्वरले साधारण मानिसहरूलाई प्रयोग गर्नुहुन्छ
- चेला र चर्चको सरल परिभाषा
- आध्यात्मिक श्वास भनेको परमेश्वरको आवाज सुन्नु र परमेश्वरको आज्ञा पालन गर्नु हो
- उपभोक्ता बनाम उत्पादक जीवनशैली
- एस. ओ. ए. पी. एस (सोप्स) बाइबल अध्ययन
- जवाफदेहिता समूहहरू
- प्रार्थनामा एक घण्टा कसरी बिताउने
- सम्बन्धगत भण्डारी - 100 को सूची