tool

एस. ओ. ए. पी. एस (सोप्स) बाइबल अध्ययन

यो पृष्ठ साझेदारी गर्नुहोस्

येशूको अनुयायीको रूपमा हामीले दिनहुँ बचन पढ्नुपर्छ। एउटा राम्रो दिशानिर्देश प्रत्येक हप्ता बाइबलमा कम्तिमा पनि 25-30 अध्यायहरू पढ्नु हो। एस. ओ. ए. पी. एस (सोप्स) प्रयोग गरेर दैनिक जर्नल राखी बाइबल पढ्ने ढाँचाले तपाईंलाई अझ धेरै बुझ्न, पालन गर्न र बन्दना मद्दत गर्नेछ। एस. ओ. ए. पी. एस (सोप्स) को लागि खडा छ:

  • एस (S) = Scripture मतलब बचन 
    तपाईको लागि आज अर्थपूर्ण लागेको एक वा धेरै बचनहरू लेख्नुहोस्।
  • ओ (O) = Observation मतलब अवलोकन
    ती बचनहरू वा मुख्य बुँदाहरूलाई राम्रोसँग बुझ्ने गरी आफ्नै शब्दहरूमा पुन: लेख्नुहोस्।
  • ए (A) = Application मतलब लागू गर्नु 
    आफ्नो जीवनमा यी आज्ञाहरू पालन गर्नुको अर्थ के हो भनेर सोच्नुहोस्।
  • पी (P) = Prayer मतलब प्रार्थना
    तपाईंले के सिख्नु भयो र त्यसलाई कसरी पालन गर्ने योजना बनाउनुभएको छ भनी परमेश्‍वरलाई प्रार्थना लेख्नुहोस्।
  • एस (S) = Share मतलब बाँड्नु 
    तपाईंले सिकेका/लागू गरेका कुराहरू परमेश्वरले को-कोसँग बाँड्न भन्नु भएको हो सोध्नुहोस्।

यो सिक्ने र याद गर्ने एउटा प्रभावकारी बाइबल अध्ययन विधि हो जुन येशूका कुनै पनि अनुयायीले प्रयोग गर्न सक्छन्।

यहाँ एउटा एस. ओ. ए. पी. एस (सोप्स) को उदाहरण छ।

(S = Scripture) बचन - परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्। तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन् आकाश पृथ्वी भन्दा अल्गो छ।त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन्
अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।”यशैया ५५:८-९

(O = Observation) अवलोकन - एक मानवको रूपमा म के जान्दछु र जानेको कुरा कसरी गर्ने भन्ने कुरामा सीमित छु। परमेश्वोर कुनै पनि हिसाबले सीमित हुनुहुन्न। उहाँले सबै कुरा देख्नुहुन्छ र जान्नुहुन्छ। उहाँले जे पनि गर्न सक्नुहुन्छ।

(A = Application) लागू गर्नु  - परमेश्वरले सबै कुरा जान्नुहुन्छ र उहाँका मार्गहरू उत्तम छन्। त्यसैले मैले मेरा तरिकाहरुलाई छाडेर सबै कुरामा उहाँलाई पछ्याएं भने धरै सफलता हाशिल गर्ने छु।

(P = Prayer) प्रार्थना -परमेश्वर, मलाई थाहा छैन कि कसरी म राम्रो जीवन जिउन सक्छु जसले तपाईलाई खुशी परोस् र अरूलाई मद्दत होस्। मेरा बटाले गल्तीहरु निम्त्याउँछन्। मेरा विचारहरुले चोट पुर्याउँछन्। यसको सट्टा, कृपया मलाई तपाईंका तरिकाहरु र विचारहरू सिकाउनुहोस्। तपाईंलाई पछ्याउँदा तपाईंको पवित्र आत्माले मलाई डोऱ्याउनुहोस।

(S = Share) बाँड्नु - म यी पदहरू र यो लागु गर्ने कुराहरु मेरो साथी, स्टीभसँग बाँड्ने छु, जो अहिले कठिन समयबाट गुज्रिरहेको छ र जसलाई केहि निर्णयहरु गर्नको लागि मार्ग दर्शनको खाँचो छ।

आफैलाई सोध्नुहोस्

  • मेरो बाइबल अध्ययनको समयमा परमेश्वरबाट सुनेको कुरा बाँड्नु मेरो लागि कत्तिको महत्त्वपूर्ण छ?
    • मेरो घेरामा भएका को को व्यक्तिहरूसँग मैले यो उपकरण अहिले बाँड्न सक्छु?

आजै जुमे तालिम सुरु गर्नुहोस्

यो पूर्ण रूपमा नि:शुल्क छ, र तपाईं कुनै पनि बेला सुरु गर्न सक्नुहुन्छ—जहाँ भए पनि आफ्नै गतिमा अघि बढ्नुहोस्।

नि:शुल्क दर्ता गर्नुहोस्