concept

सहकर्मी सल्लाह समूहहरू

यो पृष्ठ साझेदारी गर्नुहोस्

सहकर्मी सल्लाह समूहहरूले येशूका व्यक्तिगत अनुयायीहरू, साधारण मण्डलीहरू, सेवकाई संगठनहरू वा साधारण मण्डली संजालहरूसँग पनि अगुवा-देखि-अगुवा मार्गदर्शन प्रयोग गर्छन्। यी समूहहरूमा नेतृत्व गर्ने र 3/3 समूहहरू सुरु गर्ने व्यक्तिहरू हुन्छन्। यसले 3/3 ढाँचा पनि पछ्याउँछ र तपाईंको क्षेत्रमा परमेश्वरको कामको आध्यात्मिक स्वास्थ्य मूल्याङ्कन गर्ने एक शक्तिशाली तरिका हो।यी समूहहरूले बचनबाट सेवकाईको येशूको उदाहरण पछ्याउँछन्, एकअर्कालाई प्रश्नहरू सोध्छन् र प्रतिक्रिया दिन्छन् - सबैले 3/3 समूहको रूपमा समान आधारभूत समय संरचना प्रयोग गरेर। येशुले भन्नुभयो – “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: एक अर्कालाई प्रेम गर। जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई प्रेम गर्नुपर्छ। यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्छौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन्।” सहकर्मी सल्लाह समूहको उद्देश्य येशूका अनुयायीहरूलाई प्रार्थना, आज्ञाकारिता, लागु गर्न र जवाफदेहिता मार्फत बढ्न मद्दत गर्नको लागि सरल ढाँचा प्रदान गर्नु हो। अर्को शब्दमा - "एक अर्कालाई प्रेम गर्न।"

सहकर्मी सल्लाह समूहको नेतृत्व गर्नको लागि सरल ढाँचा:

पछाडि फर्केर हेर्नुहोस् [तपाईंको समयको १/३ भाग]

पहिलो तिहाइ समयमा - प्रार्थना र हेरचाहमा समय बिताउनुहोस् जसरी तपाईं आधारभूत ३/३ समूहमा गर्नुहुन्छ। त्यसपछि अघिल्ला प्रतिबद्धताहरूमा समूहको दर्शन र विश्वासयोग्यता हेरेर समय बिताउनुहोस्: तपाईं ख्रीष्टमा कत्तिको राम्रोसँग रहनुभएको छ? [बचन, प्रार्थना, भरोसा, आज्ञाकारिता, मुख्य सम्बन्धहरू?] के तपाईंको समूहले अन्तिम सत्रबाट तपाईंको कार्य योजनाहरू पूरा गर्यो? तिनीहरूलाई पुनरावलोकन गर्नुहोस्।

माथि हेर्नुहोस् [तपाईंको समयको १/३ भाग]

यस समूहलाई निम्न सरल प्रश्नहरू बारे छलफल गर्न दिनुहोस्:

  • चार क्षेत्र रेखाचित्रको प्रत्येक खण्डमा तपाईं के गर्दै हुनुहुन्छ?
  • केले राम्रो काम गरिरहेको छ? तपाईका सबैभन्दा ठूला चुनौतीहरू के के हुन्?
  • तपाईंको हालको पुस्ताको नक्सा पुनरावलोकन गर्नुहोस्।
  • तपाईंलाई कुन कुराले चुनौती दियो वा तपाईंलाई कुन कुरा बुझ्न गाह्रो लाग्यो?
  • परमेश्वरले तपाईंलाई हालै के देखाउनुभएको छ?
  • अनुभवी नेताहरू वा अन्य सहभागीहरूबाट कुनै प्रश्नहरू छन्?

अगाडि हेर्नुहोस् [तपाईंको समयको १/३ भाग]

समूहका सबैसँग मौन प्रार्थनामा समय बिताउनुहोस् र पवित्र आत्मालाई यी प्रश्नहरूको जवाफ कसरी दिने भनेर सोध्नुहोस्:

  • परमेश्वरले मलाई अर्को चोटि भेला हुनुअघि कस्ता कार्ययोजना वा लक्ष्यहरूमा उतार्नुहुनेछ? [आफ्नो काम केन्द्रित गर्न चार क्षेत्र उपकरण प्रयोग गर्नुहोस्]
  • यस काममा मेरो सल्लाहकार वा समूहका अन्य सदस्यहरूले मलाई कसरी मदत गर्न सक्छन्?

अन्तमा, समूहमा प्राथना गर्दै परमेश्वोरसँग कुरा गर्नुहोस्। समूहलाई प्रार्थना गर्न लगाउनुहोस् ताकि प्रत्येक सदस्यको लागि प्रार्थना गरियोस् र यो समूहले आफ्नो भेट नहुने समयको बीचमा जस - जसलाई भेट्छन् ती सबैको हृदयलाई तयार पारिदिनुहोस् भनि परमेश्वरलाई प्राथना गर्नुहोस्।यस सत्रमा परमेश्वरले सिकाउनुभएको कुरा लागू गर्न र पालन गर्न समूहका प्रत्येक सदस्यलाई साहस र बल दिनुहोस् भनी प्रार्थना गर्नुहोस्। अनुभवी नेताले विशेष गरी युवा नेताको लागि प्रार्थना गर्नुपर्छ भने त्यो प्रार्थनाको लागि यो उपयुक्त समय हो। यी समूहहरू प्राय: दूरीमा भेट हुने भएकोले तपाईं प्रभु भोज मनाउन वा खाना बाँड्न सक्षम हुनुहुन्न तर स्वास्थ्य र परिवार र साथीहरूको बारेमा जाँच गर्न समय निकाल्न निश्चित हुनुहोस्।

आफैलाई सोध्नुहोस्

  • सहकर्मी सल्लाहहरूको यो ढाँचा तपाईंले स्कूल वा काममा अनुभव गर्नुभएको अन्य सहकर्मी सल्लाहहरू भन्दा कसरी फरक वा मिल्दोजुल्दो छ?

आजै जुमे तालिम सुरु गर्नुहोस्

यो पूर्ण रूपमा नि:शुल्क छ, र तपाईं कुनै पनि बेला सुरु गर्न सक्नुहुन्छ—जहाँ भए पनि आफ्नै गतिमा अघि बढ्नुहोस्।

नि:शुल्क दर्ता गर्नुहोस्