tool

चार क्षेत्र उपकरण

यो पृष्ठ साझेदारी गर्नुहोस्

चार क्षेत्र निदान मानचित्र हालको प्रयासहरूको स्थिति र तिनीहरूको वरपरको राज्य गतिविधिलाई प्रतिबिम्बित गर्न नेतृत्व कक्षद्वारा प्रयोग गरिने सरल उपकरण हो। काम कसरी भइरहेको छ भनी समीक्षा गर्न येशूले अक्सर चेलाहरूलाई सेवकाईबाट टाढा शान्त ठाउँहरूमा ल्याउनु हुन्थ्यो।यो सरल उपकरणले तपाईंलाई र तपाईंसँग सह-अगुवाहरूलाई येशूको यो ढाँचालाई पछ्याउन र तपाईंको भण्डारीपनका सबै भागहरूलाई सम्बोधन गर्न मद्दत गर्नको लागि हो।यो उपकरण सहकर्मीहरूको सल्लाहमा गतिविधि, व्यक्ति र समूहहरूलाई विभिन्न क्षेत्रहरूमा वर्गीकरण गरेर र कार्यको सतही बिन्दुहरू र अर्को चरणहरूमा एक अर्कालाई मूल प्रश्नहरू सोधेर समीक्षा गर्न  प्रयोग गर्नुहोस्।


चार क्षेत्र उपकरणको उदाहरण

खाली क्षेत्र

यो प्रश्न सोध्नुहोस्: तपाईं कहाँ वा कोसित (कुन-कुन व्यक्तिको समूहहरु) परमेश्वोरको राज्य विस्तार गर्ने योजना बनाउँदै हुनुहुन्छ?

रोप्ने क्षेत्र

प्रश्न सोध्नुहोस्: तपाईं परमेश्वोरको राज्यको सुसमाचार कहाँ वा कोसँग बाँड्दै हुनुहुन्छ? तपाईं त्यो कसरी गर्दै हुनुहुन्छ?

बढ्दो क्षेत्र

प्रश्न सोध्नुहोस्: तपाईं कसरी मानिसहरूलाई सुसज्जित गर्दै हुनुहुन्छ र तिनीहरूलाई आध्यात्मिक रूपमा, व्यक्तिगत रूपमा र तिनीहरूको प्राकृतिक सञ्जाल (नेटवर्क) हरूलाई कसरी बढाउँदै हुनुहुन्छ?

कटाई गर्ने क्षेत्र

प्रश्न सोध्नुहोस्: नयाँ आध्यात्मिक परिवारहरू (सरल मण्डलीहरू) कसरी बनिरहेका छन्?

गुणन क्षेत्र

प्रश्न सोध्नुहोस्: तपाईं कोसँग, कसरी र कहिले विश्वासी मानिसहरूको छनौट गर्दै हुनुहुन्छ र तिनीहरूलाई सुसज्जित र प्रजननको लागि जवाफदेही बनाउँदै हुनुहुन्छ?

 

 

आफैलाई सोध्नुहोस्

  • तपाइँसँग तपाइँको जोश बाँड्न को हुनुहुन्छ जसलाई तपाइँले भेटेर यी प्रश्नहरूको समीक्षा गर्न सक्नुहुन्छ?

आजै जुमे तालिम सुरु गर्नुहोस्

यो पूर्ण रूपमा नि:शुल्क छ, र तपाईं कुनै पनि बेला सुरु गर्न सक्नुहुन्छ—जहाँ भए पनि आफ्नै गतिमा अघि बढ्नुहोस्।

नि:शुल्क दर्ता गर्नुहोस्